१६ औँ गणतन्त्र दिवस टुँडिखेलमा यसरी मनाइयो (तस्बिरहरू/भिडिओ) – Nepal Press

१६ औँ गणतन्त्र दिवस टुँडिखेलमा यसरी मनाइयो (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरेर १६औँ गणतन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले सोमबार बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रूपमा मनाएको हो ।

राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिम्लिसिना लगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा बलिदानी गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । विसं २०६२–६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भएको थियो ।

विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर