रास्वपाको बैठक जारी, त्यसअघि बालुवाटार पुगेका थिए रवि – Nepal Press

रास्वपाको बैठक जारी, त्यसअघि बालुवाटार पुगेका थिए रवि

काठमाडौं । पार्टीको बैठक बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

प्रधानमन्त्रीले गृहको सट्टा भौतिक पूर्वाधार लिन रास्वपालाई प्रस्ताव गरेका थिए । त्यसका लागि आवश्यक छलफल तथा निर्णयका लागि रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी छ ।

रास्वपा सभापति लामिछाने पदमुक्त भएपछि पुनः पुरानै जिम्मेवारीमा फर्कन चाहेका छन् । प्रधानन्त्रीको प्रस्तावपछि शनिबार राति बसेको रास्वपाको बैठक निष्कर्षविहिन टुंगिएको थियो।

अहिले जारी बैठकलाई ‘निर्णायक’ बैठक भनिएको छ । बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

रिक्त गृहमन्त्रालयको पूर्तिको विषयले गठबन्धनमा खटपटसमेत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर