ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा २ जनाको मृत्यु, ६ जना घाइते – Nepal Press

ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा २ जनाको मृत्यु, ६ जना घाइते

ललितपुर । ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै गएराती कार र ट्याक्सी आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ । ६ जना भने घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाईते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ बर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ बर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको हो ।

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका मध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ बर्षीय बिर बहादुर बिकको अवस्था भने गम्भीर रहेको छ ।

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोकिएको थियो । कार चालक बिकले मदिरा पिएको खुल्न आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर