२०० स्थानीय तहमा १ करोडदेखि १० करोडसम्मका पर्यटकीय आयोजना बन्दै – Nepal Press

२०० स्थानीय तहमा १ करोडदेखि १० करोडसम्मका पर्यटकीय आयोजना बन्दै

काठमाडौ । देशभरका ७५३ स्थानीय तहमध्ये २०० वटामा न्यूनतम १ करोडदेखि बढीमा १० करोडसम्मका पर्यटक लक्षित आयोजना निर्माण हुने भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत ती आयोजना अघि बढाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा आयोजना कार्यान्वयन गर्न लागिएको हो । यी आयाेजना १ वर्षदेखि बढीमा तीन वर्षमा सकिनेछन् । माघ २९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट आयोजना क्षेत्र छनौट भएपछि मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अघि बढाएको थियो ।

सबैभन्दा धेरै बजेटमा लुम्बिनी प्रदेशमा करिव १०-१० करोडका दुई वटा आयोजना बन्दैछन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा ९ करोड ९९ लाखमा मुस्लिम धर्मको कर्बला, हिन्दू धर्मको मिर्थुला पुजन स्थल र क्रिकेट रंगशाला बन्नेछ । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि माटो पटान तथा पर्खाल लग बन्दैछ । जसमा ४ करोड ५५ लाख संघीय सरकारको र ३ करोड ९९ लाख उपमहागरपालिकाको साझेदारी छ ।

यस्तै दोस्रोमा रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ९ करोड ९४ लाख बजेटमा बटौली जितगढी युद्ध संग्रहालय निर्माण हुँदैछ । जसमा ४ करोड ९७ लाख संघीय सरकारले र त्यति नै उपमहानगरपालिकाले साझेदारी गरेको छ ।

ती स्थानीय तहमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरिएको मन्त्रालयको पर्यटन तथा योजना महाशाखाले जनाएको छ ।

२०७७ भदौ २ गते एक सूचना जारी गर्दै पर्यटन मन्त्रालयले कार्यक्रम साझेदारी गर्नका लागि स्थानीय तहबाट आयोजनाको माग गरेको थियो । मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७७ अनुसार २०० वटै स्थानीय तहसँग सम्झौता गरिसकेको छ । मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि परिपत्रसँगै विभिन्न शर्त पनि अघि सारेको छ ।

मन्त्रालयले अघि सारेका शर्त यस्ता छन् ।

पर्यटन मन्त्रालयका अनुसार पर्यटन प्रवद्र्वन, पर्यटकीय पूर्वाधार निर्माण र संस्कृति संरक्षणका कार्यक्रम छनौट भएका छन् ।

छनौटमा परेका स्थानीय तह र आयोजना तल उल्लेख छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर