लिग २ : पाओरप्लेमा नेपाललाई ३० रन – Nepal Press

लिग २ : पाओरप्लेमा नेपाललाई ३० रन

काठमाडौं । नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय शृङखलाको दोस्रो खेलमा नेपाले स्कटल्यान्डविरुद्ध ब्याटिङमा सुस्त सुरुआत गरेको छ ।

युनाइटेड क्रिकेट क्लब मैदान, विन्डकमा टस हारेर ब्याटिङ थालेको नेपालले पाओर प्लेको समाप्तिमा ३० रन मात्रै बनाएको छ । ओपनर आसिफ शेख पाँच बलमा ७ रन बनाएर आउट भएपछि नेपालकालागि अर्जुन साउद ४४ बलमा १८ रन जोडेर आउट भए ।

ज्ञानेन्द्र मल्ल २६ बलमा १४ रन बनाउँदै क्रिजमा छन् । पहिलो खेल वर्षाका कारण नतिजमा विहिन भएपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *