रेस्टुरेन्टहरु राति १२ बजे एवम् क्लब र डीस्कोलाई बिहान ४ बजेसम्म चलाउन अनुमति – Nepal Press

रेस्टुरेन्टहरु राति १२ बजे एवम् क्लब र डीस्कोलाई बिहान ४ बजेसम्म चलाउन अनुमति

काठमाडौंमा मदिरा पसल १० बजेसम्म खुल्ने

काठमाडौं । काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै, डान्स दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सन्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । मदिराजन्य पसलहरु भने राति १० बजेसम्म मात्र खोल्न पाइने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर