सनराइज बैंकद्वारा वार्षिकोत्सवमा बालबालिकालाई नयाँ लुगा सहयोग – Nepal Press

सनराइज बैंकद्वारा वार्षिकोत्सवमा बालबालिकालाई नयाँ लुगा सहयोग

काठमाडौं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार नक्सालस्थित नेपाल बाल संगठनमा एक कार्यक्रमबीच बैंककी निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामान हस्तान्तरण गरिन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायत बैंकका उच्चपदस्त अधिकारी सहभागी थिए । यसअघि पनि वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा वितरण गर्दै आएको बैंकले दसैँलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हो ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्वप्रभावित बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने निर्देशक शारदा शर्मा पुडासैनीले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर