फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टविच सम्झौता – Nepal Press

फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टविच सम्झौता

काठमाडौं । बैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा सञ्चालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग सम्झौता गरेको हो ।
एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख कार्यकारी अधिकृृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहकार्य ऐतिहासिक भएको बताए । यस्तै टर्नपाईकका उकेश लोहनीले पनि सहकार्य गर्न पाउँदा खुसी लागको प्रतिक्रिया दिए । विभिन्न प्रदेशबाट छनोट चरण पार गरी सञ्चालन हुने लिगमा जम्मा १० टिमले सहभागिता जनाउनेछन् ।

जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २÷२ टिम सहभागी हुने छन् भने प्रदेश–२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ । लिगका लागि प्रदेश–१ को छनोट खेल चैत १ देखि ५ सम्म इटहरीमा, प्रदेश–२ को चैत ८ देखि १२ सम्म हेटौडामा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको चैत १९ देखि २३ सम्म दाङमा हुनेछ । यस्तै बाग्मतीको छनोट खेल चैत २५ देखि ३० सम्म काठमाडौंमा र गण्डकीको छनोट खेल बैशाख ३ देखि ७ सम्म पोखरामा संचालन हुनेछ ।

लिगमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबले सहभागिता जनाउन पाउने छन् ।
२० दिनसम्म सञ्चालन हुने लिगको विजेताले १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउने छ ।

यस्तै सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।
सहभागीता जनाउने प्रत्येक टोलीलाई एन्फाले व्यवस्थापनका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *