खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पदमुक्त, परशुराम बस्नेतको पुनर्बहाली – Nepal Press

खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पदमुक्त, परशुराम बस्नेतको पुनर्बहाली

विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पदमुक्त भएका छन् । अदालतले सदस्य सचिवमा कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएसँगै वाग्ले पदमुक्त भएका हुन ।

उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार साँझ कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।

तत्कालीन प्रदेश नंं. १ सरकारको २०७८ चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुङ्गाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुत्ती गरेका थिए ।
उक्त निर्णय विरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको माग सहित मुद्दा दायर गरेका थिए ।

त्यो बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अहिले आएर पुर्नबहाली गर्ने आदेश दिएको हो ।

बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर