एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने – Nepal Press

एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।

खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।


प्रतिक्रिया

One thought on “एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

  1. सबै जनालाई सहभागिताकाे लागि अनुराेध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर