बीवाईसीसी मिनेसोटा लाई हराउँदै एपीएफ आहा राराको सेमिफाइनलमा – Nepal Press

बीवाईसीसी मिनेसोटा लाई हराउँदै एपीएफ आहा राराको सेमिफाइनलमा

काठमाडौं । रवि थिङको २ गोल प्ररित नेपाल एपीएफ क्लबले २०औं संस्करणको आहा रारा गोल्डकपमा बीवाईसीसी मिनेसोटा यूएसलाई ३–१ गोलको नतिजामा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

शनिबार पोखरा रंगाशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफलाई सेमिफाइनल यात्रा तय गर्न रविले २ तथा आभाष लामिछानेले १ गोल गरे ।

खेलको ४७औं मिनेटमा बीवाईसीसीका मेगाल पालाफेक्सले गोलगर्दै टोलीलाई अग्रता दिलाएपनि बीवाईसीसीले अग्रता जोगाउन सकेन ।

एपीएफका आभासले पेनाल्टी मार्फत खेलको ६९औं मिनेटमा बराबरी गोल फर्काए ।

यस्तै, रविले ८४औं मिनेटमा गोल गर्दै एपीएफको अग्रता दोब्बर पारेका थिए । पुनः खेलको इन्जुरी समयमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको जित ३–१ले सुनिस्चित गरे ।

एपीएफले सेमिफाइनलमा मछिन्द्र क्लब र संकटा क्लबको विजेतासँग भिड्नेछ ।

यसअघि पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–०को नतिजामा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *