फेरि सुरु भयो ट्वीटरको अकाउन्ट भेरिफिकेसन – Nepal Press

फेरि सुरु भयो ट्वीटरको अकाउन्ट भेरिफिकेसन

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले शुक्रबारदेखि पुन: अकाउन्ट भेरिफिकेसन सुरु गरेको छ । करिब तीन वर्षदेखि ट्वीटरले भेरिफिकेसन बन्द रहेको थियो ।

ट्वीटरले छिट्टै ‘सेल्फ-सर्भ एप्लिकेशन’ रि-लञ्च गर्ने बताएको छ, जसको मद्दतले प्रयोगकर्ता अकाउन्ट भेरिफिकेसनका लागि रिक्वेस्ट गर्न सक्नेछन् ।

माइक्रो ब्लगिङ प्लेटफर्मले २०१७ नोभेम्बर १६ देखि अकाउन्ट भेरिफिकेसन बन्द गरेको थियो । ट्वीटरले पुन: सुचारु गरेको अकाउन्ट भेरिफिकेसनका लागि एक्टिभ र नोटेबल हुनुपर्ने बताएको छ ।

ट्वीटरमा ६ प्रकारका नोटेबल छन्

– सरकारी
– कम्पनी, ब्रान्ड, नन-प्रोफिट अर्गनाइजेसन
– समाचार संस्था वा पत्रकार
– इन्टरटेनमेन्ट
– स्पोर्ट्स वा इ-स्पोर्ट्स
– एक्टिभिस्ट, अर्गनाइजेसन वा व्यक्तिगत इन्फ्लुएन्सर्स


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर