क्रिकेट खेलाडीमाथि कारबाहीबारे प्रचण्डद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

क्रिकेट खेलाडीमाथि कारबाहीबारे प्रचण्डद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चार क्रिकेट खेलाडीहरूमाथि गरेको कारबाहीको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । प्रचण्ड र देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको थियो ।

राजनीतिक विषयमा केन्द्रित भेटवार्तामा प्रचण्डले क्रिकेट खेलाडीमाथिको कारवाहीको विषयमा ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयका तर्फबाट गंगा दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसमा प्रधानमन्त्रीले के जवाफ दिए भन्ने विज्ञप्तिमा केही बताइएको छैन ।

क्यानले दुई दिन अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरुलाई कारबाही गरेको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर