अस्ट्रेलियन टेस्ट कप्तान टिम पेनले छाडे कप्तानी – Nepal Press

अस्ट्रेलियन टेस्ट कप्तान टिम पेनले छाडे कप्तानी

काठमाडौं । महिला सहकर्मीलाई अश्लिल संदेश पठाएको विषय बाहिर आएसँगै अस्ट्रेलियाको टेस्ट टोलीका कप्तान टिम पेनले कप्तानीबाट राजीनामा दिएका छन् ।

चार वर्षअघि उनले महिला सहकर्मीलाई पठाएको अश्लिल सन्देशमाथि अनुसन्धान सुरु भएसँगै पेनले एसेज सिरिजको तीन हप्ताअघि राजीनामा दिएका हुन् ।

पेनले पनि आफूले सहकर्मीलाई अश्लिल सन्देश पठाएको स्वीकार्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । सन् २०१७ मा स्टिभ स्मित र डेभिड वार्नर बल टेम्परिङमा मुछिएर दुई वर्ष प्रतिबन्धमा परेसँगै पेनले अस्ट्रेलियन टोलीमा मौका पाएका थिए ।

त्यसयता टेस्ट टोलीको कप्तान रहेका पेनले राजीनामा दिएसँगै अस्ट्रेलियन क्रिकेट संघले प्याट कमिन्सलाई कप्तान नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ । अस्ट्रेलियाले गत साता मात्रै मिडिल-इस्टमा भएको आईसीसी टी-२० विश्व कपको उपाधि जितेको थियो ।

एसेज सिरिजमा उनी उपलब्ध नहुने भए एलेक्स क्यारीले उनको स्थान लिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *