पूर्वराष्ट्रपतिको टिप्पणी- न्यायालय विवादमा फसेको बेला देउवा विदेश जानु राष्ट्रकै बेइज्जत (भिडिओ) – Nepal Press

पूर्वराष्ट्रपतिको टिप्पणी- न्यायालय विवादमा फसेको बेला देउवा विदेश जानु राष्ट्रकै बेइज्जत (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गरे । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन ? भनी सरकारलाई प्रश्न गरे ।

सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको ? पूर्वराष्ट्रपति यादवले सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरे ।

‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन कि म छोड्दिन,’ उनले भने, ‘केही नभए पनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊँ । सरकार देशको प्रतिनिधि हो । ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ? आज संसारको सामून्य न्यायालयको अवस्था यस्तो छ । तर, सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुने टाउको देखाउन सक्छौं ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर