मन्त्री यादव र माओवादी नेता श्रेष्ठ जनकपुरमा, पाँच दलीय गठबन्धनको कामप्रति श्रेष्ठ असन्तुष्ट – Nepal Press

मन्त्री यादव र माओवादी नेता श्रेष्ठ जनकपुरमा, पाँच दलीय गठबन्धनको कामप्रति श्रेष्ठ असन्तुष्ट

जनकपुरधाम । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एउटै विमान चढेर जनकपुरधाम आइपुगेका छन् ।

जनकपुर विमानस्थलमा मन्त्री यादवलाई जसपाका कार्यकर्ता र नेता श्रेष्ठलाई माओवादी कार्यकर्ताले स्वागत गरे । मन्त्री यादव जसपा मधेस प्रदेश समितिको बैठकमा सहभागी हुन र नेता श्रेष्ठ वाईसीएलको जिल्ला भेलालाई सम्बोधन गर्न जनकपुरधाम आएका हुन् ।

मन्त्री चयनको विषयलाई लिएर जसपामा विवाद बढेका बेला मन्त्री यादवले पार्टीमा कुनै विवाद नरहेको दावी गरे । उनले सञ्चारकर्मीसँग भने, ‘मन्त्री बन्ने अपेक्षा धेरैको थियो । तर, मात्र चारजना मन्त्री पाएकाले केही नेता असन्तुष्ट हुनु स्वभाविक हो ।’

मन्त्री यादवले बजेट र कानूनको अभावले कृषि क्षेत्रको विकास ओझेलमा परेको बताए । विगतमा कृषि पेशा सम्मानित थियो तर अहिले समस्याले ग्रसित बनेको उनले टिप्पणी गरे । यसवर्ष किसानलाई समयमै मलखाद उपलब्ध गराउने पनि बताए ।

यता नेता श्रेष्ठले जनताको भावनाविपरीत गजेन्द्र बहादुर हमाललाई मन्त्री बनाउँदा उनले राजीनामा दिनुपरेको टिप्पणी गरे । प्रतिगमन असफल पारेको पाँच दलीय गठबन्धनको पछिल्लो काम कारवाही सन्तोषजनक नरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *