प्रचण्डलाई मीनेन्द्रको कटाक्ष- मुख्य नायकले नै तीन पटक विश्वासको मत लिनु लाज लाग्दो भन्न थाल्नुभएछ (भिडिओ) – Nepal Press

प्रचण्डलाई मीनेन्द्रको कटाक्ष- मुख्य नायकले नै तीन पटक विश्वासको मत लिनु लाज लाग्दो भन्न थाल्नुभएछ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पछिल्लो समय नेपालको राजनीतिमा एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फमा केन्द्रित भएको बताएका छन्।

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै एक वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने स्थिति आउनुको मुख्य नायक नै प्रधानमन्त्री प्रचण्ड भएको बताए।

उनले भने- अहिले जसले जसलाई झुक्क्याएर सत्ता प्राप्त गरे पनि हुन्छ नेपालमा, गएको केही समयदेखि हामीले त्यही स्थापित गरेका छौँ। प्रधानमन्त्रीले हुँदा हुँदा आफैँ वर्षमा तीन तरिकाले विश्वासको मत लिनुपर्ने यो भन्दा लाज लाग्दो कुरा के हुन्छ भन्न थाल्नुभयो। तर, त्यसको मूल नायक त उहाँ नै हुनुहुन्छ नि। उहाँ नभएको बेलामा मैले गाली गर्न खोजेको होइन।

उनले सरकारमा गएकाहरूले गएकै दिनदेखि जोगाउने र विपक्षमा बस्नेहरूले भत्काउने खेलमा लागिरहेको बताए।

उनले थपे- हामी कुन राजनीतिमा पुग्यौँ भने जगन्नाथजीले अहिलेको सत्तामा हत्याएर केही हुन्छ कि भन्ने उहाँहरूको ध्यान छ । मेरो ध्यान उहाँहरूलाई अलि धेरै हत्याएर सत्ताबाट बाहिर निकालिहाल्न पाइन्छ कि भन्नेमा छ, सत्तामा गएदेखि त्यसलाई जोगाउनको चिन्ता, बाहिर बसेपछि त्यसलाई भत्काउनेको लागि मेहनत, त्यसैले सत्ता अन्तिम हो भन्ने बाटोबाट हामी कहीँ पुग्दैनौँ। सबैले त्यही गर्ने हो रास्वपा झन् अहिले सत्ता चलाउन चमक धमककासाथ आउनुभएको छ, चाँडै छिट्टै सबै सिकिसक्नुभएको छ, अझ बढी कति बजाउनुहुन्छ थाहा छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर