नेकपा बैठक: महासचिव विप्लवले पेस गरे ६ महिने पार्टी योजना – Nepal Press

नेकपा बैठक: महासचिव विप्लवले पेस गरे ६ महिने पार्टी योजना

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बसेको छ । कपिलवस्तुस्थित पार्टी कार्यालयमा स्थायी समिति बैठक बसेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले बताए ।

बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौं, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

प्रस्तावमा पार्टीको आगामी ६ महिने योजना समेटिएको प्रवक्ता प्रकाण्डले बताए । बैठकमा समाजवादी मोर्चासहित पछिल्ला समसामियक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्डसहित नेताहरूले धारणा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर