अर्काको नागरिकता प्रयोग गरेर १६ वटा बैंकमा खाता, झापाबाट श्रीमानसहित समातिइन् महिला – Nepal Press

अर्काको नागरिकता प्रयोग गरेर १६ वटा बैंकमा खाता, झापाबाट श्रीमानसहित समातिइन् महिला

काठमाडौं । अन्य व्यक्तिको नागरिकता र आफ्नो फोटो प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने एक महिला झापाबाट पक्राउ परेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरीको समन्वयमा झापाको शनिश्चरेकी ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पौडेल फेसबुकमा साथी बनेर विदेशबाट पार्सल पठाएको भनी ठगी गर्ने गिरोहमा संलग्न छिन् । प्रहरीले झापाको बुद्ध शान्तिका ३५ वर्षे निश्चल पोर्तेल र इलामको माईका ३४ वर्षे धनबहादुर विकलाई पक्राउ गरेको छ । पोर्तेल पौडेलका श्रीमान हुन् ।

पौडेलले नेपाली नम्बरबाट ह्वाट्सएप खोलेर पीडितहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीको दाबी छ । पोर्तेलको नाममा भारतीय आधार कार्डसमेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो गिरोहले हालसम्म ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको उजुरी प्राप्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर