महाजात्रापछि डिग्री माइलाले पनि पायो उच्च शो, कस्तो होला व्यापार ? – Nepal Press

महाजात्रापछि डिग्री माइलाले पनि पायो उच्च शो, कस्तो होला व्यापार ?

काठमाडौं । वर्षकै प्रतीक्षित सिनेमा ‘डिग्री माइला’ शुक्रवारबाट प्रदर्शनमा आउँदै छ । चलचित्रलाई देशभरका हलहरूले उच्च शो दिएका छन् ।

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डीग्री माइला दर्शकको पर्खाइमा छ ।

बुधवारसम्म यो चलचित्रले देशभर १५५ शो पाएको छ । क्यूएफएक्सले मात्रै ५८ शो दिएको छ ।

चलचित्रका वितरक गोविन्द शाहीले शुक्रवार र शनिवार मात्रै झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए ।

यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ ले रिलिजको पहिलो शनिवार ३ करोडभन्दा बढीको व्यापार गरेको दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *