तरुण दलको केन्द्रीय भवन बनाउन दुई दिनमै २० लाख उठ्यो, कसले कति दिए ? – Nepal Press

तरुण दलको केन्द्रीय भवन बनाउन दुई दिनमै २० लाख उठ्यो, कसले कति दिए ?

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि दुई दिनमै २० लाखभन्दा बढी रकम उठेको छ । १० जना केन्द्रीय सदस्यहरुबाट २० लाख बढी रकम उठेको तरुण दलले जनाएको छ ।

तरुण दलको गत चैत १५ र १६ गते बसेको केन्द्रीय कार्य समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । रकम उठ्न सुरु गरेको दोस्रो दिन केन्द्रीय सदस्य सौरव केसी,सरिन घिमिरे,सुजन घिमिरे र कुलध्वज तामाङले दुई दुई लाख रुपैया केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई हस्तान्तरण गरेका छन् । त्यस्तै केन्द्रीय सदस्य दिपेन्द्र खड्काले २ लाख २२ हजार २ सय हस्तान्तरण गरेको तरुण दलले जनाएको छ ।

यसअघि पहिलो दिन केन्द्रीय सदय नविन राई,रमेश गौतम,सरोजवहादुर शाही,रत्नवहादुर महर्जन र रिता परियारले क्रमशतः २ लाख ५० हजारदेखि १ लाख ११ हजारसम्म सहयोग गरेका थिए । ललितपुरको पुल्चोकमा तरुण दलको केन्द्रीय कार्यालय भवन बन्न लागेको र सहयोग रकम जुट्ने क्रम शुरु भएको केन्द्रीय सदस्य सौरव केसीले बताए । उनले हालैमात्र गृहजिल्ला रामेछापमा केन्द्रीय अध्यक्ष विद्धानलाई लगेर सम्मान कार्यक्रमका साथै जिल्ला कार्य समितिलाई विस्तार तथा पुनर्गठन गरेका थिए ।

केन्द्रीय कार्यालय भवन निर्माणका लागि अन्य केन्द्रीय सदस्यहरुबाट पनि रकम हस्तान्तरणको क्रममा रहेको प्रचार विभागका दिपेन्द्र पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर