क्रिकेटरको नयाँ जर्सीमा घोप्टो झण्डालाई लिएर सामाजिक सञ्जालमा बहस, पारस भन्छन्- पहिले पनि यस्तै थियो – Nepal Press

क्रिकेटरको नयाँ जर्सीमा घोप्टो झण्डालाई लिएर सामाजिक सञ्जालमा बहस, पारस भन्छन्- पहिले पनि यस्तै थियो

काठमाडौं । नेपाल क्रिकेट संघले विश्वकप खेल्ने राष्ट्रिय टिमको नयाँ जर्सी हिजो लन्च गर्‍यो । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको हातबाट जर्सी सार्वजनिक गरिएपछि तीव्र प्रतिक्रिया सुरु भएको छ ।

सामाजिक सञ्जालमा कतिले जर्सी राम्रो लागेको बताएका छन् भने कसैले आलोचना पनि गरेका छन् । खासगर जर्सीको दुवै काँधमा नेपालको राष्ट्रिय झण्डा घोप्टो पारेर राखिएकोमा बहस भइरहेको छ । यसरी राख्दा राष्ट्रिय झण्डाको अनादर भएको आलोचकहरूको तर्क छ । समर्थकहरूले चाहिँ यसमा केही खराबी नभएको बताइरहेका छन् ।

नेपाल क्रिकेट संघ-क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का झण्डालाई लिएर गलत व्याख्या भइरहेको बताउँछन् ।

उनले भने, ‘यसअघिको जर्सीमा पनि झण्डा यसरी नै प्रयोग हुँदै आएको थियो । नेपाली खेलाडीले काँधमा देशलाई बोकेर खेलिरहेका छन् वा हुन्छन् भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ ।’

उनले हरेक कुरामा नकारात्मक सोच राखेर टीकाटिप्पणी नगर्न पनि आग्रह गरेका छन् ।

केल्मी ब्रान्डको यो जर्सी नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमै पहिले प्रयोग गरेर मात्र विश्वकपमा जाने छ । विश्वकप तयारीका लागि वेस्ट इन्डिज एसँग नेपालले ५ खेलको टी–२० शृङ्खला घरेलु मैदानमा खेल्दै छ । त्यसअघि एसीसी प्रिमियर लिग खेल्न खेलाडीहरू आज ओमान जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *