भिजेको बिरालोजस्तो प्रचण्ड चुनाव जितेपछि शेरजस्तो गर्जन थाल्नुभयो : बाबुराम (भिडिओ) – Nepal Press

भिजेको बिरालोजस्तो प्रचण्ड चुनाव जितेपछि शेरजस्तो गर्जन थाल्नुभयो : बाबुराम (भिडिओ)

‘सत्तास्वार्थका लागि कांग्रेस-एमालेलाई निरन्तर घुमाइरहेका छन्’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए ।

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी ध्रुवीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्ता मोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरूलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।

अध्यक्ष भट्टराईले दाहालले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरे पनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरे ।


प्रतिक्रिया

One thought on “भिजेको बिरालोजस्तो प्रचण्ड चुनाव जितेपछि शेरजस्तो गर्जन थाल्नुभयो : बाबुराम (भिडिओ)

  1. hare hare baburam 20 janako agadi speech diyara basnu parney din aayo kathai bara inko rajniti

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर