एन्फामा पुरानै रोग, विदेश सयर गर्न सँधै जोड – Nepal Press

एन्फामा पुरानै रोग, विदेश सयर गर्न सँधै जोड

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई विदेश सयरको पुरानो रोगले सताउँदा जानैपर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियलको भिसा समेत रोकिएको छ ।

एन्फाले इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो । तर उनीहरुको भिसा समयमा नआउँदा बिदा भएर उड्न ठिक्क परेका खेलाडी समेत रोकिएका छ्न् ।

एन्फाले इङ्ल्यान्ड भ्रमणमा जाने २३ खेलाडीसहितको नेपाली टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र मे ६ मा इङ्ल्यान्ड ‘ को सामना गर्ने योजना छ । तर एन्फाले विदेश जाने लिस्टमा टोलिबाहिरका थप २० जनाको सङ्ख्या पुगेपछि भिसामा समेत समस्या परेको देखिन्छ ।

मंगलबार बिहानै उड्नपर्ने खेलाडी सहितको २३ जनाको टोली भिसा नआएकै कारण उड्न पाएका छैनन् । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र घुम्न जाने थप १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको एन्फाले भिसा नपाएपछि खेलाडीलाई समेत पठाउन सकेको छैन । यो नेपाली फुटबलको लागि सर्मनाक विषय हो ।

बेलायतमा हुने खेलको अफिसियलसहित ३० खेलाडी , पाँच जना एन्फा पदाधिकारी (भीआइपी) र थप १५ जना एन्फाका केन्द्रदेखि जिल्ला तहका नेताहरुको टोलीलाइ भिसा आवेदन गरेको तथ्य खुलेपछि खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले समेत चासो देखाएका छ्न् ।

उनले गृह मन्त्रालयलाइ पत्रचार गरेर ३० सदस्य टोली र पाँच जना भीआइपीको हकमा स्वीकृत लिएर मात्र विदेश पठाउन भनेको छ ।
एन्फाले विदेशमा हुने खेलमा खेलाडी भन्दा पदाधिकारी र सदस्यहरुलाइ विदेश सयर गराउदै आएको विषयमा पटकपटक विरोध आएपनि आफ्नो नीतिमा भने कुनै परिवर्तन नगरेकोमा मन्त्री श्रेष्ठ रुष्ट बनेका छन् ।

यसअघि बहराइनमा भएको विश्वकप छनोट र मलेसियामा भएको मैत्रीपुर्ण खेलमा समेत दर्जनौ सदस्यलाई बिदेश घुमाएकोमा मन्त्री श्रेष्ठले कारबाही गर्ने चेतावनी दिएको केही समयमानै एन्फाले पुनः पुरानै प्रवृत्ति दोहोराएकोमा यो पटक मन्त्रालय कडा भएर प्रस्तुत हुने छलफलको क्रममा मन्त्री श्रेष्ठले चेतावनी दिएको बैठकमा सामेल रहेका एकजना एन्फा निकट श्रोतको दावी छ ।

यी हुन एन्फाले भिसा आवेदन दिएकाको विवरण

नेपाली टोली

किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ, फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी, अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

अफिसियल:

भिन्सेन्जो अल्बर्टो अनेसे (मुख्य प्रशिक्षक), प्रवेश कटुवाल (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), उत्तम भण्डारी (व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), पुरुषोत्तम थापा मगर (अफिसियल), मनिष जोशी (हेड अफ डेलिगेट्स)

एन्फा भीआइपी:

पंकज विक्रम नेम्वाङ (अध्यक्ष), दीपक खतिवडा (उपाध्यक्ष), महेन्द्र क्षेत्री (कार्यसमिति सदस्य), विकास नारायण श्रेष्ठ (कार्यसमिति सदस्य), दामोदर भट्टराई (संयोजकरसहायक महासचिव)

अन्य १५ जना

उमेश प्रधान – अनुशासन समिति

मनिराज विष्ट – कार्यसमिति सदस्य

सरिता श्रेष्ठ मलेकु – कार्यसमिति सदस्य

टिकाराम लामा – कार्यसमिति सदस्य

किरण राई – महासचिव

भरत बुढ थापा – कार्यसमिति सदस्य

विजय घले – सह महासचिव

राजु तामाङ – पत्रकार

नेपाल कार्की – मधेश प्रदेश फुटबल संघ

हेमराज राई – उदयपुर जिल्ला फुटबल संघ

विश्वराज राई –

सुरेश शाह – प्रवक्ता

हितमान गुरुङ –

इन्द्रराज जोशी – श्री भगवती क्लब

कौरव पाण्डे – दोलखा जिल्ला फुटबल संघ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *