च्याम्पियन्स लिग: रियल र बार्यनको बराबरी – Nepal Press

च्याम्पियन्स लिग: रियल र बार्यनको बराबरी

काठमाडौं । पेनाल्टी मार्फत तीन गोल भएको युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टिम बायर्नले सुरुवाती अग्रता गुमाएपनि खेलमा फर्केर बराबरीमा रोकियो ।खेलमा सुरुवाती अग्रता भने २४औं मिनेटमा भिनियस जुनियर मार्फत रियलले लिन सफल भएको थियो ।

पहिलो हाफमा १-० को अग्रता कायम गरेको रियलले दोश्रो हाफको ५३ औं मिनेटमा गोल खान पुग्यो । सानेले गोल गर्दै बार्यनलाई बराबरीमा ल्याए ।

बराबरी गोल गरेको चार मिनेटपछि रियलले गरेको फाउल पछि प्राप्त पेनाल्टिलाई ह्यारी केनले गोलमा बदलेपछि घरेलु टोली बार्यन २–१ को अग्रता बनाउन सफल भयो ।

खेलमा फर्कन हम्मेहम्मे परिरहेको रियलको लागि खेलको ८३औं मिनेटमा बार्यनले अवसर दियो । रियलका खेलाडीमाथि फाउल गरेपछि भिनियसले पुनः अर्को गोल थपिदिए र सेमिफाइनलको पहिलो लेग २-२ को बराबरीमा सकियो ।

आज हुने राती दोस्रो सेमिफाइनल खेल अन्तर्गत पहिलो लेगमा पेरिस सेन्ट जर्मान र बोरुसिया डर्टमुण्ड भिड्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *