राजीनामा दिएर बाटो खोलिदिन केदारलाई कांग्रेस संसदीय दलका नेता थापाको सुझाव – Nepal Press
कोशी प्रदेश

राजीनामा दिएर बाटो खोलिदिन केदारलाई कांग्रेस संसदीय दलका नेता थापाको सुझाव

विराटनगर । नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न सुझाव दिएका छन् ।

कार्कीले कम्पनीजस्तो गरेर प्रदेश सरकार चलाएको थापाको आरोप छ । एमाले र माओवादीका सांसदले विश्वासको मत फिर्ता लिइसकेकाले कार्की अल्पमतमा परेको थापाको भनाइ छ । अंक गणितका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिनसक्ने अवस्था नदेखिएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।

‘मुद्दा मामिला गरेर कोशी प्रदेशमा थप अस्थिरता पैदा गर्न हुँदैन । उहाँले विश्वासको मत लिन सक्ने आधार देखाउनु भयो भने पार्टीले सहयोग गर्छ तर अहिलेको अवस्थामा विश्वासको मत पाउने अवस्था छैन’, थापाले नेपाल प्रेससँग भने ।

नेपाली कांग्रेस पार्टी मध्यावधिको पक्षमा नरहेको भन्दै उनले प्रदेशलाई अस्थिरतातर्फ धकेल्न नहुने बताए ।

तत्कालीन कांग्रेस-माओवादी गठबन्धनले कोशीमा माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि केदार कार्कीले ८ सांसदसहित विद्रोह गरी एमालेको समर्थनमा सरकार बनाएका थिए ।

पछि कार्कीलाई कांग्रेसका २९ जना नै सांसदले विश्वासको मत दिए । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि विश्वासको मतको पक्षमा उभिएको थियो ।

गठबन्धन फेरिएसँगै अहिले एमाले-माओवादीका सांसदले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन हुन सक्ने आधारसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर