बद्री पंगेनी र चन्दा अर्यालको स्वरमा ‘पिरिम लगाम कान्छी’, भिडिओमा पल शाहको डबल रोल – Nepal Press

बद्री पंगेनी र चन्दा अर्यालको स्वरमा ‘पिरिम लगाम कान्छी’, भिडिओमा पल शाहको डबल रोल

काठमाडौं । प्रख्यात लोकगायक बद्री पंगेनी र चन्दा अर्यालको आवाजमा सजिएको नयाँ गीत ‘पिरिम लाम कान्छी’ युट्युबमा रिलिज गरिएको छ ।

गीतको भिडिओमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीका साथमा समिया कार्की फिचर्ड छन् ।

बद्री पंगेनीको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । भिडिओमा पल शाह दुई रूपमा देखिएका छन् । उनले गाउँले भूमिकामा समिया र शहरीया भूमिकामा उषाको जोडीको रूपमा डान्स गरेका छन् । भिडिओमा गायक पंगेनी पनि देखिन्छन् ।

गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । भिडिओको निर्देशन र कोरियोग्राफी भने काजिस श्रेष्ठले गरेका हुन् । गीतले २४ घण्टाभित्रै झण्डै एक लाख भ्यूज पाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *