गण्डकीमा सुरेन्द्र पाण्डे घुमाउराे बाटाेमा– धारा १६८ को उपधारा २ अनुसार बहुमतीय सरकारकै आह्वान – Nepal Press

गण्डकीमा सुरेन्द्र पाण्डे घुमाउराे बाटाेमा– धारा १६८ को उपधारा २ अनुसार बहुमतीय सरकारकै आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ७ दिनको समय दिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले फेरि मुख्यमन्त्री बन्ने दाउसहित राजीनामा दिएका थिए । तर, प्रदेश प्रमुखले उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त नेतालाई मुख्यमन्त्री नियुक्त गर्नका लागि सूचना जारी भएकाे हाे । नयाँ गठवन्धनले बहुमत पुर्याउन सक्ने अवस्था नदेखेका पाण्डे फेरि मुख्यमन्त्री बन्नेमा निश्चिन्त देखिएका छन् । सकेसम्म राप्रपा र नेसपाको सहयोग लिएर आफैंले बहुमत पुर्याउने, त्यो नभए ठूलो दलको हैसियतले पुन मुख्यमन्त्री बन्ने उनको रणनीति छ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

प्रदेशसभामा कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजावादी त्याग गर्दै स्वतन्त्र हैसियत माग गर्दै निवेदन दिएका एक सांसद छन् । संसद् अभिलेखमा माओवादी रहेको नेसपा सांसद फणिन्द्र देवकोटाले पनि आफ्नो पार्टीको सांसद बनाउन माग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर