इलाम र बझाङमा कांग्रेसको उम्मेदवार को ? बूढानीलकण्ठमा छलफल जारी – Nepal Press

इलाम र बझाङमा कांग्रेसको उम्मेदवार को ? बूढानीलकण्ठमा छलफल जारी

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेवादर छान्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको बैठकमा इलाम २ र बझाङमा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

सभापति देउवाले सोमवार स्थलगत अध्ययनका लागि इलाम र बझाङ पुगेका महामन्त्री विश्वप्रकाश शर्मा र सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले उम्मेदवारका बारेमा छलफल गरेका थिए ।

इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएर आएको छ ।

बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएर आएको छ ।

इलाममा डम्बर खड्कालाई उम्मेदवार बनाउने सम्भावना छ भने बझाङमा जगतप्रसाद जोशी र अभिषेक सिंहका बीचमा प्रतिष्पर्धा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर