सांसद केसीको आरोप- सरकारले जघन्य अपराधलाई करुणाको जामा लगाएर चोख्यायो – Nepal Press

सांसद केसीको आरोप- सरकारले जघन्य अपराधलाई करुणाको जामा लगाएर चोख्यायो

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको सुशासनको नारा झूटको पुलिन्दा भएको प्रष्ट भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जघन्य अपराधलाई विधिविहीन बनाएर करुणाको जामा लगाएर चोख्याएको आरोप लगाए ।

उनले भने, ‘नेपाल प्रहरीमा डीएसपीको एसपीमा बढुवा हुँदा वरिष्ठतम् १ र ६ लाई पाखा लगाउँदै सत्ता गठबन्धननिकटकै नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उडेको छ । भनाइ र गराईमा फरक देखिएको छ । राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा करुणा वा क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार, जघन्य अपराध र विधिविहीनलाई करुणाको जामामा चोखिने र चोख्याउँदै जाने हालको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा केबल झूटको पुलिन्दा हुँदैछ ।’

उनले खर्बौं भ्रष्टाचारको एनसेल र सुन काण्डको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर