स्नातक तहकाे परीक्षामा अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र सोध्ने त्रिविको निर्णय – Nepal Press

स्नातक तहकाे परीक्षामा अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र सोध्ने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका वार्षिक परीक्षामा सबै संकायका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको छ ।

चैत १५ मा बसेको त्रिवि प्राज्ञिक परिषद स्थायी समितिको बैठकले स्नातक तह प्रथम वर्षको आगामी परीक्षादेखि यो लागू गर्ने र आगामी दिनमा दोस्रो र तेस्रो तहमा पनि लागू गर्ने निर्णय गरेको त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

विद्यार्थीहरुले पढाइ चाहिँ नेपाली माध्यममा हुने र परीक्षामा प्रश्नपत्र अंग्रेजीमा मात्रै सोधिने भएकाले भाषा बुझ्न कठीन भएर कतिपय परीक्षा राम्रो नभएको गुनासो गर्दै आएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर