नेकपा एसले टुंग्यायो उम्मेदवार : इलाममा जीतबहादुर, बझाङमा दिलबहादुर – Nepal Press

नेकपा एसले टुंग्यायो उम्मेदवार : इलाममा जीतबहादुर, बझाङमा दिलबहादुर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ ।

प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष जयन्ती राईले नेपाल प्रेसलाई बताइन् ।

जीतबहादुर नेकपा एस इलामका सचिवालय सदस्य हुन् । राई अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

योसँगै उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । एमाले, माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर