युक्रेनी राष्ट्रपतिले गरे राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखलाई बर्खास्त – Nepal Press

युक्रेनी राष्ट्रपतिले गरे राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखलाई बर्खास्त

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख आलेक्सी दानिलोभलाई बर्खास्त गरेका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार मङ्गलवार जेलेन्स्कीले बर्खास्त गरेका हुन् । दानिलोभ सन २०२१ जुलाईबाट युक्रेनी वैदेशिक खुफिया निकायका प्रमुख थिए । उनी कडा मिजासको सार्वजनिक बोली दिन परिचित छन् ।

रुससँगको युद्धमा एक दिन, एक महिना होइन वर्षभरि युक्रेनी फौजमा युक्रेनी युवाहरूको अनिवार्य भर्ना हुने उनले बताएका थिए ।

पश्चिमा देशहरूले युक्रेनलाई सैन्य हतियार सहायता नगरेमा पश्चिमा देशको मानमनितो र एकतामा प्रश्न उठ्ने उनले बताउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर