बेलायती हाउस अफ लर्डका सदस्य भन्छन्- नेपाल प्रकृति संरक्षणको विश्व नेता हो – Nepal Press

बेलायती हाउस अफ लर्डका सदस्य भन्छन्- नेपाल प्रकृति संरक्षणको विश्व नेता हो

काठमाडौं । नेपाल प्राकृतिक संरक्षणको क्षेत्रमा विश्वकै नेता भएको बेलायती हाउस अफ लर्डका सदस्य राल्फ विलियम रोबर्ट थोमस स्टोनरले बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको एक संवाद कार्यक्रममा स्टोनरले भने, ‘विश्वको संरक्षण क्षेत्रमा नेपाल विश्वको नेता हो । यो स्वाभाविक प्राप्ति होइन ।’

उनले संरक्षण क्षेत्रमा सरकार, सुरक्षा निकाय, संरक्षणकर्मी सबैको योगदान भएको भन्दै प्रशंसा गरे । आफ्ना पिताको पहिलो नेपाल भ्रमण सन् १९५८ भएको स्टोनरले बताए । आफू नेपाल आउँदा पहिलो साथी पशुपतिशमशेर भएको उनले बताए ।

आफूलाई एक समय बिरामी हुँदा नेपाली सेनाले उद्धार गरेको सुनाउँदै स्टोनरले आफूले अन्नपूर्ण संरक्षण क्षेत्रमा काम गरेको स्मरण गरे ।

स्टोनर परिवारसहित नेपाल आएका छन् । उनी केही दिन अन्नपूर्ण क्षेत्रमा पनि पुग्ने नेपाल प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘उहाँ प्रकृति संरक्षण कोषको बेलायत शाखा प्रमुख पनि हुनुहुन्छ । बेलायती हाउस अफ लर्डका सदस्य, एक संरक्षणकर्मी र नेपालप्रेमीको रुपमा उहाँको पहिचान छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर