सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व, बुद्धराज बने अध्यक्ष – Nepal Press

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व, बुद्धराज बने अध्यक्ष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११औं अधिवेशनबाट बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित भएका छन् । तीनजनाबीच भएको प्रतिस्पर्धामा ९०४ मत ल्याएर बस्नेत विजयी भए । अर्का दाबेदार सुमत खत्री ६८४ र शम्भुबहादुर तिमिल्सिना २९७ मतमा रोकिए ।

वरिष्ठ उपाध्यक्षमा ८११ भोट ल्याएर उमेश प्रधान निर्वाचित हुँदा प्रतिस्पर्धी सूर्यबहादुर कार्कीले ६९३ मत पाए । द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत १०५२ मत ल्याएर निर्वाचित हुँदा राजेश श्रेष्ठले ७९७ मत ल्याएका छन् । महासचिवमा भने यसअघि नै ईश्वर गुभाजु निर्विरोध भएका थिए । सचिवमा पनि तीर्थराज पौडेल निर्वीरोध भएका थिए । प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा विचारी पराजुली र सह-कोषाध्यक्षमा उद्धव पौडेल, सदस्यहरूमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्वाचित बनेका छन् ।

सदस्यमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दाबा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित भए ।

अध्यक्षमा तिनैजना उमेदवारहरु नेपाली कांग्रेस निकटका हुन् । निर्वाचित अध्यक्ष बस्नेतलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजकुमारबस्नेत लगायतले सहयोग गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उमेदवार सुमन खत्री कांग्रेस नेता एवम् संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका भाइ हुन् । त्यस्तै शम्भु तिमिल्सिना संघमा हाल महासचिव थिए । उद्योग बाणिज्य संघमा २५ सय बढी सदस्यहरु रहेका छन् । कोषाध्यक्ष भने अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

चुनावी प्रतिष्पर्धाबाट नेतृत्व चयन भएपनि अब आफू सबै उद्योगी व्यावसायीको नेता भएकाले सबैको भावना प्रतिनिधित्व गरेर अघि बढ्ने अध्यक्ष बस्नेतले बताए । तातोपानी नाका व्यवस्थित गर्ने, जिल्लामा उद्योगधन्दा स्थापनाका लागि तिनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्न उनको प्रतिबद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर