सन्तोषी र दीपकले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि (भिडिओ) – Nepal Press

सन्तोषी र दीपकले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि (भिडिओ)

काठमाडौं । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लवका दीपक अधिकारीले शनिबाार भएको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरुषतर्फ दीपक र महिलातर्फ सन्तोषी च्याम्पियन भएका हुन् । दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए । सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन् ।

दशरथ रंगशालाबाट शुरु भएको म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रुटबाट फर्किएको थियो । दीपकले यो निर्धारित दुरी पूरा गर्न एक घण्टा सात मिनेट ३३ सेकेण्ड समय लगाए । एपीएफका गोपीचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहेका थिए । उनले एक घण्टा सात मिनेट ४२ सेकेण्ड समय लगाउँदा उपाधि चसम्न पाएनन् ।

पर्वतका तीर्थ पुन तेस्रो भए । उनले एक घण्टा सात मिनेट ४३ सेकेन्डमा दुरी पूरा गर्दा एक घण्टा आठ मिनेट ५१ सकेण्ड समय लगाएका आर्मीका नरेन्द्र रावल चौथो भए । नरेन्द्रले । खडकबहादुर खड्का एक घण्टा आठ मिनेट ५६ सकेण्डमा दूरी पूरा गर्दै पाँचौं स्थानमा रहे ।

महिलातर्फकी च्याम्पियन सन्तोषीले एक घण्टा २० मिनेट १९ सेकेण्ड समय लगाइन् । नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् । राममायाले एक घण्टा २१ मिनेट ५६ सेकेन्ड र पुष्पाले एक घण्टा २३ मिनेट दुई सेकेण्ड समय लगाए ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौथो र एपीएफकी फूलमती राना तेस्रो भए । पूर्णलक्ष्मीले एक घण्टा २३ मिनेट २० सेकेन्ड र फूलमतीले एक घण्टा २५ मिनेट १७ सेकेण्ड समय लगाए । महिला र पुरुष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ पाए ।

१० किलोमिटर पुरुषतर्फ खुलामा आर्मीले वर्चस्व जमायो । आर्मीका खेलाडी पहिलोदेखि पाँचौं स्थानसम्म रहे । आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवास कार्की र श्रीकाश राईले शीर्ष पाँच स्थान प्राप्त गरे ।

पाँच किलोमिटर खुला महिलामा आर्मीकी सृजना पाण्डेय, राजपुरा पछाई, निर्मला केसी, आशा रावत र सुमित्राकुमारी चौधरी पाँचौं स्थानमा रहे । स्कुल पाँच किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की र विकेश घिमिरेले शीर्ष तीन स्थान प्राप्त गरे । स्कुलतर्फ नै तीन किलोमिटर महिलामा कल्पना बुढा पहिलो, अस्मिता भुजेल दोस्रो र अमिशा राई तेस्रो भए ।

ह्विलचियर तीन किलोमिटर पुरुषमा रामकाजी मिजार, रमेश खत्री र प्रेम विक क्रमशः पहिलोदेखि तेस्रो भए । यसै विधाको महिलामा ऐश्वर्यकुमारी कुमाल, यामी झाक्री मगर, रजनी राई, पेमा गुरुङ र वविता थापा पाँचौं स्थानमा रहे ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *