सीजीले चिम्नी र इमर्जेन्सी बल्ब अनावरण गर्‍यो – Nepal Press

सीजीले चिम्नी र इमर्जेन्सी बल्ब अनावरण गर्‍यो

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेको छ ।

उक्त कार्यक्रममा, सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनावरण गरिएको छ । एचएसी फिल्टरलेस सिरिजमा ९० र ७५ सेमीमा उपलब्ध छ । उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी रहेको कम्पनीले बताएको छ । मूल्य २६ हजार ५९० र २५ हजार ७९० रुपैयाँ रहेको छ ।

एचएसी फिल्टर श्रृंखलाका दुई मोडलका चिम्नीहरु छन् । सीजी सीटी ९० डीबीडीएक्स र सीजी सीटी ९० डीबीको लन्च गरिएको हो । यसले बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच/मोशन कन्ट्रोल छ । मूल्य २९ र १९० रहेको छ ।

मोटरमा ५ वर्षको वारेन्टीसहित रहेको छ । अनावरण गरिएको चौथो मोडेल सीजी सीती ७५ वाइसीको मूल्य २२ हजार ३९० रुपैयाँ रहेको छ । यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।

विद्युतीय सामाग्रीमा ५ घण्टा ब्याट्री ब्याकअप, द्रूत चार्जिङ र ०.५ को उच्च पीएफ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक अनावरण गरिएको हो । यसमा १२ महिनाको वारेन्टी छ । यो फ्री होल्डरको साथ आउँछ । यसको मूल्य ७५० रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

सुरक्षा पन्त र सीजी इलेक्ट्रिक बिचको सहकार्यले निश्चित रूपमा अन्तिम ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको कम्पनीले बताएको छ ।

सुरक्षा पन्त झण्डै एक वर्षदेखि सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर