सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक, १३ पदमा २७ जना प्रतिस्पर्धी – Nepal Press

सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक, १३ पदमा २७ जना प्रतिस्पर्धी

काठमाडौं । लोकसेवा आयोगले सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत मंसिर २९, ३०, ३१ र पुस ३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

जसमा प्रशासन सेवाको रिक्त नौ पदका लागि भएको परीक्षामा २२८ जना सहभागी भएका थिए । आयोगका अनुसार १३ जना अन्तर्वार्ताका लागि छनोट हुन सफल भएका छन् । जसमा कृष्णप्रसाद मैनाली, केशवराज सुवेदी, पुरुषोत्तम शर्मा, मीरा आचार्य, मुक्तिराज अर्याल, मेघनाथ रिजाल, रविलाल शर्मा, राजन पौडेल, विनोदकुमार खड्का, वेदप्रसाद भण्डारी, सुशीला अधिकारी, हरिश्चन्द्र ढकाल र ज्ञानहरि घिमिरे छन् ।

उनीहरुका लागि आगामी वैशाख ३ गते मामिला प्रस्तुतीकरण र ९ तथा १० गते अन्तर्वाता तय गरिएको छ ।

परराष्ट्र सेवातर्फ एक पदका १० जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा तीन जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । दुरपता सापकोटा, मोतीबहादुर श्रीस र ज्ञानबहादुर मगर छनोट भएका हुन् । उनीहरुको लागि आगामी बैशाख २ गते मामिला प्रस्तुतीकरण र ७ गते अन्तर्वार्ता तय गरिएको छ ।

लेखापरीक्षक सेवातर्फ एक पदका लागि १० जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा कुलचन्द्र भण्डारी, थवराज अधिकारी र राजेन्द्रराज ओझा उत्तीर्ण भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण भएकाका लागि आगामी बैशाख ४ गते मामिला प्रस्तुतीकरण र १२ गते अन्तर्वार्ता तय गरिएको छ ।

न्याय सेवाको न्याय समूहतर्फ एक पदका लागि ४२ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा दीपक भण्डारी, दीपशिखा मुनंकर्मी र सपना अधिकारी उत्तीर्ण भएका छन् । उनाीहरुका लागि आगामी बैशाख २ गते मामिला प्रस्तुतीकरण र ४ गते अन्तर्वार्ता तय गरिएको छ ।

न्याय सेवाकै सरकारी वकिल समूहतर्फ एक पदका लागि ४२ जना लिखित परीक्षामा सहभागी भएका थिए । जसमा उर्मिला जिसी, दीपक भण्डारी, दीपशिखा मुनंकर्मी, वीरेन्द्रप्रकाश खड्का र हरिहर पौडेल उत्तीर्ण भएका छन् ।

लिखित परीक्षा उत्तीर्ण भएकाका लागि आगामी बैशाख २ गते मामिला प्रस्तुतीकरण र ६ गते अन्तर्वार्ता तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर