नयाँ समीकरणपछि प्रधानमन्त्री- केही सुरूआत भएका छन् तर पर्याप्त छैन (भिडिओ) – Nepal Press

नयाँ समीकरणपछि प्रधानमन्त्री- केही सुरूआत भएका छन् तर पर्याप्त छैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणले बनेपछि सरकारले केही दिनभित्रै राम्रा कामको सुरुआत गरेको बताएका छन्। पाँच दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि बोल्दै राम्रा कामको सुरुआत भएपछि पर्याप्त नभएको बताए।

उनले भने- सडकमा असन्तुष्टि र विरोधहरु लघुवित्त र मिटरब्याज पीडितको समस्या सरकारी समस्या होस् सबैको समस्या समाधान गर्ने प्रक्रिया सुरु भएको छ। अहिले फेरि समाजमा नियम कानून हातमा लिएर जे मन लाग्यो त्यही बोल्दै हिँड्ने प्रवृत्तिलाई नयाँ सरकार गठनसँगै नियन्त्रण गर्ने प्रक्रिया अघि बढेका छौं। केही संकेत देखिएका छौं। सुशासनको पक्षमा जोसुकै होस् कडा कदम चालेका छौं। यो समीकरणले कामको सुरुआत मेरो विचारमा ठिकै ढंगले गरेको अवस्था छ। त्यसले जनतामा नयाँ सन्देश प्रवाहित हुन थालेको छ। तर, यो पर्याप्त छैन।

उनले अब सबै मन्त्रीहरु, सचिव कर्मचारीहरुले पनि हिजोको घोषणा र आजको परिवर्तन आएको उल्लेख गर्दै जनतालाई विकास, समृद्धि र सुशासनको प्रत्याभूति हुनेगरी कामका लाग्न अपिल गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर