नयाँ समीकरणले पनि डेलीभरी दिन नसके देश अप्ठ्यारो अवस्थामा जाने खतरा छ : प्रधानमन्त्री (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणले पनि डेलीभरी दिन नसके देश अप्ठ्यारो स्थितिमा पर्ने बताएका छन् ।
पाँच दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि बोल्दै सरकारले डेलीभरीमा केन्द्रित हुनुपर्ने बताए ।
उनले भने, ‘अब हामीले व्यवहारमा जनतालाई डेलिभरी दिने किसीमले कति जिम्मेवारीपूर्वक अगाडि बढ्छौं भन्ने कुराले नै यो साँझा संकल्प र समीकरणको औचित्यलाई पनि पुष्टि गर्नेछ । हामीलाई जनताको नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन । हामीले पनि सकेनौं भने यो समीकरण र संकल्पबाट डेलिभरी भएन जनतामा आशा जगाउन सकेनौं भने देश अफ्ठ्यारो अवस्थामा जाने खतरा छ ।’
उनले नयाँ समीकरण आफ्नो पदको कारणले नबनेको उल्लेख गर्दै जनतामा विकास र समृद्धिको आकांक्षा, सुशासनको आकांक्षलाई तिव्रताको साथ सम्बोधन गर्न बनेको बताए।