सर्वोत्तम सिमेन्टको पहिलो कारोबार सुरु भएको १० मिनेटमै सकारात्मक सकिर्ट – Nepal Press

सर्वोत्तम सिमेन्टको पहिलो कारोबार सुरु भएको १० मिनेटमै सकारात्मक सकिर्ट

काठमाडौं । बुक बिल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पहिलो कारोबारमा सकारात्मक सकिर्ट लगेको छ ।

मंगलबार सेयरबजार खुलेको १० मिनेटमै सर्वोत्तमको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सकिर्ट लगेको हो । अघिल्लो दिन सोमबार मात्रै सर्वोतमको सेयर नेप्सेमा लिस्टिङ भएको थियो । जसमा सर्वोत्तमको न्युनतम १८५.३६ रुपैयाँ देखि ५५६.८ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज प्रदान गरिएको थियो ।

मंगलबार कारोबारको पहिलो दिन सर्वोत्तम सिमेन्टको सेयर प्रतिकित्ता ५५६ रुपैयाँबाट सुरु भएको हो । बजार खुलेको ३० मिनेट अर्थात ११ बजेर ३० मिनेट सम्मको सर्वोत्तमको सेयर ५५ रुपैयाँले बढेर ६११.६० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर