रविले राजीनामा दिनुनपर्ने बताउँदै ओलीले भने- कांग्रेसतिर लागेन भनेर बदनाम गर्न खोज्ने ? – Nepal Press

रविले राजीनामा दिनुनपर्ने बताउँदै ओलीले भने- कांग्रेसतिर लागेन भनेर बदनाम गर्न खोज्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

उनले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी समेत गर्न भ्याए ।

ओलीले थपे, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि !’

कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।

उनले भने, ‘एउटा बोलाइको लागि गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो तर, कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिएको पनि सुनिएकै हो । कांग्रेसमा नैतिकताको कुनै अर्थ छैन । सत्ता पक्षमा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर