सुनको मूल्य तोलामा सात सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा सात सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार पाँच सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर