बजेटका सिद्धान्तमाथिको छलफलमा गोकुलको कटाक्ष- कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ (भिडिओ) – Nepal Press

बजेटका सिद्धान्तमाथिको छलफलमा गोकुलको कटाक्ष- कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधिसभाको बैठकमा पेस भएको सरकारको प्राथमिकता र सिद्धान्त पुर्नलेखन गर्न सुझाव दिएका छन् । बैठकमा छलफलको क्रममा बोल्दै तत्कालीन अर्थमन्त्रीले पेस गरेको बजेटको प्राथमिकता र सिद्धान्तले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए ।

उनले कटाक्ष गर्दै भने, ‘यो अन्जु पन्त र शिव परियारको गीतको जस्तो भयो । कहाँ थियौं हिजो तिमी रंगमञ्च उठेपछि आयौ । समयले जवानी लुटेपछि आयौ । यो केमा छलफल गर्ने ? यसको अपनत्व कसले लिने ? अहिले हामीले छलफल गरिरहेको डकुमेन्टको अपनत्व अर्थमन्त्रीले लिन सक्नुहुन्छ कि हुँदैन ? यही लिनुहुन्छ भने त यहाँ समाजवाद होइन । संविधानको कार्यान्वय होइन ।’

उनले तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको प्राथमिकता र सिद्धान्त संविधानको वेमत्लबीतिर उन्मुख भएको बताए ।

उनले भने, ‘त्यही भएर धेरै कुरा गर्नै पर्दैन पुर्नलेखन गरौं । हिजो जेजे सम्बोधन हुन सक्दैन भन्यौं । यसमा छलफल गर्नु आवश्यक छैन । यो जे आएको जुन सरकार बनेको छ । त्यसले यो बोक्छ भने मुलुकको समस्या सम्बोधन गर्न सक्दैन । अर्को ल्याउँछ भने यसमा छलफल गर्न आवश्यक नै परेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर