परराष्ट्रमन्त्रीको आह्वान- कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गरौं – Nepal Press

परराष्ट्रमन्त्रीको आह्वान- कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गरौं

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्न आह्वान गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सबैले देशलाई नै केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

उनले भने- परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ। हामीले देशको हितलाई केन्द्रमा राखेर सबैले सहमतिको साथ अगाडि बढ्नुपर्छ। हामीले देशको हितलाई केन्द्रमा राख्न सक्दा अन्य कुरा हाबी हुन सक्छन्। म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। हामी यही ढंगले अगाडि बढ्यौँ स्वतन्त्र परराष्ट्र नीति। दक्ष र कुशल कूटनीतिको पक्षमा उभिनसक्छौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर