अमेरिकी विदेशमन्त्री दक्षिण कोरिया पुग्दा उत्तर कोरियाले गर्‍यो नयाँ मिसाइल परीक्षण – Nepal Press

अमेरिकी विदेशमन्त्री दक्षिण कोरिया पुग्दा उत्तर कोरियाले गर्‍यो नयाँ मिसाइल परीक्षण

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकन दक्षिण कोरिया भ्रमणमा पुग्दा उत्तर कोरियाले ताजा मिसाइल परीक्षण गरेको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार सोमबार बिहान उत्तर कोरियाले मिसाइल परीक्षण गरेको जापान तथा दक्षिण कोरियाले बताएका छन् ।

प्रजातन्त्र सम्मेलनको लागि अमेरिकी विदेशमन्त्री दक्षिण कोरियाको राजधानी सोउलमा भएकै समयमा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाको मिसाइल परीक्षण बारेमा जापानी प्रधानमन्त्रीले समेत प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री फुमिओ किसिदाले जापानी सदनमा बोल्दै उत्तर कोरियाली मिसाइल कोरियाली प्रायदिप र जापानी समुद्रको बीचमा खसाइएकोे छ ।

मिसाइल परीक्षणबाट कुनै क्षति र हताहति नभएको उनले बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले मिसाइल परिक्षण कोरियाली प्रायदीपकै सुरक्षा चुनौती भएको भन्दै आलोचना गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर