सेयरबजारमा दोहोरो अंकको गिरावट, करिब साढे तीन अर्बको कारोबार – Nepal Press

सेयरबजारमा दोहोरो अंकको गिरावट, करिब साढे तीन अर्बको कारोबार

काठमाडौं । तीव्र उतार चढावपछि सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा ८४ लाख ६ हजार ७६ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबारका दिन बिहीबार मात्रै २७ अंकले घटेर बजार बन्द भएको थियो ।

आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक सकारात्मक सर्किटका सार्थ सर्वाधिक नाफामा रहेको छ । भने, वीन नेपाल लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसै गरी, कारोबारका आधारमा शिभम सिमेन्टस ४१ करोड ६४ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर