‘व्यवस्था बलियो बनाउन कांग्रेस-एमाले मिल्नुपर्छ’: बद्री पाण्डे – Nepal Press

‘व्यवस्था बलियो बनाउन कांग्रेस-एमाले मिल्नुपर्छ’: बद्री पाण्डे

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।

आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए ।

उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए । उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए। उनले काँग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘काँग्रेस एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नु हुँदैन । दुई वटा पार्टी मिल्ने भनेको त्यस्तो विषयमा मिल्ने हो । देशमा संकट आइरहेको छ, एकखालको । व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तिमा काँग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मुल शक्तिहरु हुन् । एक प्रकारले यो व्यवस्थाका संस्थापक नै हुन् । हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर