कोका–कोलाद्वारा ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड, एकैसाथ पाँच सयबढी सहभागीले कोक र मोमो खाए – Nepal Press

कोका–कोलाद्वारा ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड, एकैसाथ पाँच सयबढी सहभागीले कोक र मोमो खाए

काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।

शुक्रबार कोका–कोलाले काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको जनाएको हो । ‘काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेको कोका–कोलाले जनाइएको छ ।

हायात रेजेन्सी ग्राउन्डमा ५०० जना भन्दा बढी सहभागीहरूलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएर ‘द लार्जेस्ट मोमो पार्टी’ गरिएको हो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरुलाई समेत कार्यक्रममा उपस्थित गराइएको थियो ।

कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले बताइन् । उनले भनिन्, ‘परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।’

त्यस्तै, कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ । नेपाली जनताको मोमोप्रति अटुट स्नेह र चीसो कोकको बोतलको साथ तातो–तातो मोमोको जोडीले सबैलाई मोहित गर्ने कम्पनीको विश्वास छ ।

कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गिनिज वल्र्ड रेकर्ड उपाधि हासील गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर