प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको आरोपमा डडेल्धुरामा उपमेयर र दुई वडाध्यक्ष पक्राउ – Nepal Press

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको आरोपमा डडेल्धुरामा उपमेयर र दुई वडाध्यक्ष पक्राउ

कैलाली । डडेल्धुरास्थित परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

कार्यपालिका बैठकमै आज निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपक कार्कीले जानकारी दिए ।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्षसम्म तीनै जना माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

याे पनि पढ्नुस् : कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा तीन टाँका लगाइयो (भिडिओ)

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर